Logo
Logo

राष्ट्रपति सीद्वारा ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो


441
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज विहान टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो दिएको बीबीसीले उल्लेख गरेको छ ।

The current image has no alternative text. The file name is: trump-xii.jpg

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू आगामी अप्रिलमा चीन भ्रमणमा जाने जानकारी दिएका छन्। त्यस्तै, चिनियाँ राष्ट्रपति सी आगामी वर्ष अमेरिका आउने तयारीमा रहेको उनले बताएका छन् । ट्रम्पका अनुसार दुई नेताबीच महत्त्वपूर्ण विषयहरूमा निरन्तर संवाद जारी रहने छ।

गत महिना दक्षिण कोरियामा भएको भेटपछि दुवै देशका राष्ट्रप्रमुखबीचको सम्बन्ध क्रमशः सहज बन्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्