Logo
Logo

जेनजीले हाम्रो पार्टीलाई अभिभावक मान्छ: प्रचण्ड


504
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो पार्टीलाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजीले नेकपालाई अभिभावक ठानेको बताएका हुन् ।

The current image has no alternative text. The file name is: prachand-jiz.jpg

मङ्गलवार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासङ्घमा आबद्ध रहेकाहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले पार्टी एकता प्रक्रियामा पनि सबैभन्दा बढी युवालाई सम्बोधन गर्न खोजिएको बताए । 

युवाका आवाजहरूलाई बलपूर्वक दमन गर्ने कोसिस नगरियोस् भन्दै आफूले नै सबैभन्दा पहिले सरकारलाई खबरदारी गरेको बताउँदै भने, ‘त्यही पहलका कारण र बिस्तारै युवा पुस्तालाई हामीले गर्दै गरेको संवाद र सहकार्यको कारण अब जेनजी पुस्ताका युवाहरूले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने बुझ्दै गएका छन् ।’

जेनजी आन्दोलनपछिको अवस्था सामना गर्न, राष्ट्रको स्वाधीनता र वामपन्थी दललाई एकताबद्ध गर्न नेपाली कम्युनिस्ट पार्टी गठन भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले गर्नुपर्ने काम धेरै छ, मैले त भनेको भाषण अबदेखि कम गर्दै लैजाऊँ भन्नेमा छौँ, काम धेरै गर्दै लैजाऊँ, हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएको एउटा ठूलो ऐतिहासिक पहल हो, ऐतिहासिक काम हो, यो मार्फत हामी नेपालमा युवाहरूले जो सपना देखेका छन् त्यो युवाहरूको सपना पूरा गर्ने सङ्कल्प लिएका छौँ, त्यही सङ्कल्पका निमित्त नेपाली कम्युनिस्ट पार्टी अगाडि बढेको छ ।’

उनले १२ पुसदेखि देशका विभिन्न सहरमा नेकपाले एकता सभा गर्ने पनि जानकारी गराए । उनका अनुसार नेकपाले १२ पुषमा पहिलो एकता सभा कैलालीको धनगढीमा गर्दै छ । क्रमशस् विभिन्न सहर हुँदै विराटनगरसम्म पुग्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्