Logo
Logo

विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ: सभामुख घिमिरे


378
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । मङ्गलवार कोशी प्रदेशसभा भवन तथा निर्माणाधीन नयाँ भवनको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू आशावादी रहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: devraj.jpg

उनले भने, ‘न्यायिक प्रक्रिया निष्पक्ष र संविधानसम्मत रूपमा अगाडि बढेमा प्रतिनिधिसभा अवश्य पनि पुनर्स्थापित हुनेछ ।’उनले वर्तमान संविधानले प्रतिनिधिसभाको यस्तो प्रकारको विघटनको परिकल्पना नै नगरेको बताए । ‘हाम्रो संविधानले संसद्को अस्वाभाविक विघटनलाई मान्यता दिँदैन,’ घिमिरेले भने,  ‘संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने र संसद् विघटन गर्ने दुवै प्रक्रिया संविधानको मर्म र प्रावधान विपरीत छन् ।’

जेनजी आन्दोलनपछि आएको राजनीतिक परिवर्तनका कारण भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति तोकेका छन् । तर सभामुख घिमिरेले अन्तरिम सरकार गठन र संसद् विघटन दुवै कार्य संविधानसम्मत नभएको अडान लिएका छन् । यता आजै एमालेले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्