Logo
Logo

रास्वपालाई कमजोर बनाउन पार्टी छाड्ने हल्ला चलाइयो: स्वर्णिम वाग्ले


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूले पार्टी छाड्ने हल्ला निराधार रहेको दाबी गरेका छन् । मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा पुगेका वाग्लेले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: Swarnim-Wagle.jpg

सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने,  ‘यो सब वाइह्यात हो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर अनेक लाञ्छना, भ्रम र अफवाहहरू छन् ।’ दुई दिन अगाडि मात्रै आफैले दर्जनौँ व्यक्तिलाई पार्टी प्रवेश गराएको उल्लेख गर्दै उनले आफै पार्टी छाड्ने कुरा सोच्न पनि नसकिने बताए । 

‘मैले त्यसै दिन भनेको थिएँ-हामी महान् लक्ष्यमा छौँ, पहिलो राजनीतिक शक्ति बन्ने,’ उनले भने, ‘फागुनको निर्वाचनमा यो देशको वैकल्पिक राजनीतिको मियोको रूपमा स्थापित हुँदै मूलधारको नम्बर एक पार्टी बन्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ ।’ यसमा विचलित हुने छुट आफूलाई नभएको उनले बताए । 

‘हामी बकाइदा यसमा लागिरहेका छौँ । यो उद्घोषबाट डराएका मान्छेले फैलाएको भ्रम हो । यसलाई कसैले पत्याउँछ जस्तो मलाई लाग्दैन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्