Logo
Logo

करणको विस्फोटक ब्याटिङमा काठमाण्डुलाई दोस्रो जित


1.4k
Shares

काठमाडौं । कप्तान करण केसीको आक्रामक ब्याटिङको मद्दतमा काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ । मङ्गलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ११औँ खेलमा काठमाण्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: npl-14.jpg

जितका लागि १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा १३५ रनमा अलआउट भयो । यो जितसँगै काठमाण्डुले अङ्क तालिकामा महत्त्वपूर्ण २ अङ्क जोड्दै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । काठमाण्डुको सुरुवात निकै खराब रह्यो । ओपनर बेन चार्ल्सवर्थ शुन्यमा इनिङको दोस्रो ओभरमै र राशिद खान (१४) पाँचौँ ओभरमा आउट हुँदा टोली दबाबमा परेको थियो ।

ओपनर आकाश त्रिपाठीले एक छेउबाट इनिङ सम्हाल्दै ३६ बलमा ३२ रन बनाए । मध्यक्रममा सन्तोष यादवले १६ बलमा २६ रन र मिलिन्द कुमारले २० बलमा १७ रनको योगदान दिए ।

तर, इनिङको अन्त्यतिर कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै खेलको नक्सा बदलिदिए। करणले मात्र ११ बलको सामना गर्दै १ चौका र ४ छक्काको मद्दतमा अविजित ३४ रन बनाएपछि काठमाण्डुले १५० को आँकडा पार गरेको थियो ।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल, गुल्बादीन नाइब, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्