Logo
Logo

लगातार चौथो दिन सेयर बजारमा वृद्धि, नेप्से १०५ अंकले उक्लियो


189
Shares

काठमाडौं । सेयर बजार बुधबार पनि उकालो लागेको छ । नेप्से परिसूचक आज ९.६१ अंक बढेर २६६५ अंकमा पुगेको छ, जससँगै बजार लगातार चौथो दिन उकालो लागेको हो । चार दिनमै नेप्से कुल १०५ अंकले बढेको छ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज कारोबार रकम ६ अर्ब ६९ करोड पुगेको छ, जुन अघिल्लो दिनको ५ अर्ब ८२ करोडभन्दा उच्च हो । १४२ कम्पनीको मूल्य बढ्दा १०४ घटेका छन् भने ११ कम्पनी स्थिर रहे।

क्षेत्रगत वृद्धि बैंकिङ ०.६६, होटल–पर्यटन ०.९९, उत्पादन ०.७४, माइक्रोफाइनान्स ०.७१, हाइड्रोपावर ०.२८ र अन्य समूह ०.४५ प्रतिशत रहेको छ। फाइनान्स, लगानी, जीवन बीमा र निर्जीवन बीमा भने हल्का रूपमा ओरालो लागे।

आज १० प्रतिशतले बढेका कम्पनीमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक परे। त्यस्तै रिभर फल्स पावर, माहुली लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको मूल्य पनि उच्च दरमा बढ्यो ।

सबैभन्दा धेरै घट्नेमा बोटलर्स नेपाल बालाजु ३.९४% , उन्नति सहकार्य लघुवित्त, शुभम् पावर र बन्दीपुर केबुलकार परे।

सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केबुलकार र हिमालयन रिइन्स्योरेन्स रहे।

प्रतिक्रिया दिनुहोस्