Logo
Logo

पोखरामा पनि त्रिविको च्याप्टर सुरु गर्ने तयारी


252
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले अब पोखरामै पठनपाठन सुरु गर्ने तयारी गरेको छ। उपकुलपति प्रा. डा. दीपक अर्यालले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पोखरामा त्रिविको प्रादेशिक च्याप्टर खोल्ने घोषणा गरिएको हो ।

The current image has no alternative text. The file name is: tu-2.jpg

उनका अनुसार गण्डकी प्रदेश र आसपासका विद्यार्थीलाई काठमाडौं आउनु नपरोस् भन्ने उद्देश्यले पठनपाठन सुविधासहितको च्याप्टर स्थापना गर्न लागाइएको हो । अर्को हप्तादेखि टोलीले पोखरामा रहेका क्याम्पस, आवश्यक भौतिक संरचना र सम्भावित विस्तारीकरणबारे स्थलगत अध्ययन गर्नेछ ।

अर्यालले त्रिविको पुनर्संरचना गर्ने सरकारी नीतिअनुसार प्रदेश–प्रदेशमा च्याप्टर विस्तार गरिने स्पष्ट पारे । “पोखरामा एउटा आधार बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने हाम्रो योजना हो,” उनले भने ।

त्रिविको नीति तथा कार्यक्रममा जीर्ण भौतिक संरचनाको पुनर्निर्माण, अनुसन्धान विभागलाई प्रभावकारी बनाउने र शैक्षिक सेवा गुणस्तरीय रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्