काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनायो । चितवनका लागि लागि रवि बोपराले ६५ रन बनाएर आउट भए भने डेविड मिलन १७, देव खनाल २७, सैफ जैव ३२, दीपक बोहरा ५ रन बनाए। कप्तान कुशल मल्लले नटआउट २० रन बनाए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्छ दे लेंगाले समान दुई दुई विकेट लिए भने सुभम रन्जनेले एक विकेट लिए।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।











