Logo
Logo

रातो मच्छिन्द्रनाथ पाटनको तःबहाल मन्दिरमा स्थापन


315
Shares

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्गमतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याइएको छ । परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना पाटनमा र ६ महिना बुङ्गमतीमा राखिने चलन छ ।

The current image has no alternative text. The file name is: rato-machhindranath.jpg

गुठियार, पुजारी र सुरक्षाकर्मीको उपस्थितिमा बाजागाजासहित मच्छिन्द्रनाथलाई खटमा राखेर पाटन ल्याइएको हो । किंवदन्तीअनुसार मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि अनिकाल हटेको र वर्षा भएको विश्वास गरिन्छ ।

मल्लकालीन कथाअनुसार वर्षा नभएको समयमा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याउँदा वर्षा र सहकाल सुनिश्चित भएको जनाइन्छ । त्यसपछि भक्तपुर, काठमाडौँ र ललितपुरका राजा तथा कृषकहरू मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारु कामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्