Logo
Logo

आज सुनको मूल्य घट्यो, चाँदी बढ्यो


441
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ रहेकामा आज ३ हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्