Logo
Logo

सुदूरपश्चिमलाई लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार


441
Shares

काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो । एनपीएलको दोस्रो सिजनका सुदूरपश्चिमले सुरुवातदेखि नै राम्रो प्रदर्शन गरिरहेको छ । यो जितसँगै सुदूरपश्चिम अन्तिम चार नजिक पुगेको छ । 

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले यस सिजनमा राम्रो सुरुवात गरेको थियो । पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको लुम्बिनी त्यसपछि दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले र तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएको थियो । 

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनीलाई अब अन्तिम चारमा पुग्न कठिन भएको छ । अर्को खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्