काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले बल्खुमा डोजर चलाएको छ । महानगरपालिका वडा नम्बर १४ बल्खु स्थित जन विकास मावि रहेको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका २२ वटा सटरहरू महानगर प्रहरी बलबाट भत्काएको हो ।

महानगरका अनुसार संरचनाहरू विद्यालय रहेको जग्गा मिचेर बनाइएका थिए । बारम्बार अनुरोध र निर्देशन दिँदा पनि नहटेपछि आज डोजर चलाएर भत्काइएको महानगरले जनाएको छ ।














