Logo
Logo

नेकपाप्रति आकर्षण बढ्दै छ, सुदूरपश्चिममा २० हजार बढी मान्छे उतार्छौँ: माधव नेपाल


1.1k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका छन् । बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: madhav-1.jpg

यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ,’ उनले भने ।

शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको जानकारी गराउँदै नेपाले सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गरे । सुदूरपश्चिमका नेताहरूले त्यहाँको सभामा तिसौँ हजार उतार्ने नेपालको दाबी रहेको छ । 

‘पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौं । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दसौँ, बिसौँ हजार भन्दा बढी सङ्ख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरू तपाईँहरूको परीक्षा त्यहीँ हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्