काठमाडौं । उत्कृष्ट सुरुवात गरेर पनि मध्यक्रममा नचल्दा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको खेलमा जनकपुर बोल्ट्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पार्यो ।
पोखराका लागि सुमति वर्माले २९ बलमा ५० रनको योगदान गरेका हुन् । पोखराका क्याप्टेन कुशल भुर्तेल १ बलमै बोल्ड हुँदा मध्यक्रम कोल्याप्स भएको हो ।











