काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिलो जित हात परेको छ । योसँगै पोखराको जितविहीन यात्रामा ब्रेक लागेको छ । पोखराले यसअघिका दुवै खेलमा सुदूरपश्चिम रोयल्यस र विराटनगर किङ्ससँग हारेको थियो ।

साबिक विजेतासमेत रहेको जनकपुरको भने जितविहीन यात्राले निरन्तरता पाएको छ । यो टिमले यसअघिका दुवै खेलमा विराटनगर बोल्ट्स र काठमाडौं गुर्खाजसँग हारेको थियो ।
बिहीबारको दोस्रो र सिजनको १४ औँ खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पोखराले पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।











