Logo
Logo

ह्वाइट हाउसनजिकै गोली लागेर घाइते भएकी नेसनल गार्ड साराको मृत्यु


756
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसनजिकै गोली लागेर घाइते भएकी महिला नेसनल गार्ड सारा बेकस्ट्रोमको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उनको मृत्यु भएको जानकारी दिएका हुन् । सारा जुन २०२३ मा सैन्य प्रहरी एकाइमा भर्ती भएकी थिइन् ।

यस्तै उनीसँगै गोली लागेका अर्का नेसनल गार्ड एन्ड्रयु वुल्फको अवस्था पनि गम्भीर रहेको ट्रम्पले बताएका छन् ।
बुधबार राष्ट्रपति भवननजिकै उनीहरूमाथि गोली प्रहार गरिएको थियो । गोली चलाउने अफगानी नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ । उनी पनि घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्