Logo
Logo

विशेषज्ञको अभाव हुँदा राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित


441
Shares

काठमाडौँ । विशेषज्ञको अभाव हुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको केन्द्रको सेवा प्रभावित भएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सक अभाव भएपछि यहाँबाट प्रदान गरिँदै आइएको कलेजो प्रत्यारोपण रोकिएको हो ।

The current image has no alternative text. The file name is: rastriya-pratyaropan.jpg

केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले केन्द्रका एक मात्र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठको अवकाश भएपछि गत साउनदेखि कलेज प्रत्यारोपण रोकिएको जानकारी दिए । विसं २०७३ देखि केन्द्रमा कलेज प्रत्यारोपण हुँदै आएको थियो ।

“कलेजो प्रत्यारोपण गर्ने केन्द्रमा एक जना मात्र विशेषज्ञ चिकित्सक डा. श्रेष्ठ हुनुहुन्थ्यो”, उनले भने, “उनको अवकाश भएपछि अहिले कोही पनि सर्जन हुनुहुन्न । त्यही भएर हामीले अहिले कलेजो प्रत्यारोपण सेवा बन्द गरेका छौँ ।”

निर्देशक डा श्रेष्ठले कलेजो प्रत्यारोपण रोकिएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई पनि गराइसकेको बताए। “विभागीय मन्त्रालयसहित मन्त्रीलाई पनि हामीले कलेजो प्रत्यारोपण सेवा विशेषज्ञको अभावले रोकिएको जानकारी गराइसकेका छौँ”, उनले भने, “मन्त्री र सचिवले यस विषयलाई गम्भीरताका साथ लिँदै विशेषज्ञको खोजी गरिरहेको जनाए ।”

निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपण विशेषज्ञ को खोजी भइरहे पनि अहिलेसम्म सेवा सञ्चालन भने गर्न नसकिएको बताए । यसअघि केन्द्रबाट ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । केन्द्रमा पहिले विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरिँदै आइए पनि अहिले नेपालका दक्ष जनशक्तिबाट सेवा प्रवाह हुँदै आएको थियो । नेपालमा सरकारी अस्पतालमा कलेजो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्