काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।
जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।











