Logo
Logo

श्रीलङ्काका बाढी प्रभावितलाई भारतले पठायो सहयोग


567
Shares

काठमाडौं । भारतले श्रीलङ्काका बाढी प्रभावितलाई सहयोग पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवात दित्वावाका कारण आफ्ना प्रियजन गुमाएका श्रीलङ्काका जनताप्रति समवेदना व्यक्त गर्दै मानवीय सहयोगको घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: Narednra-Modi.jpg

प्रधानमन्त्री मोदीले भनेका छन्-‘म सबै प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु, उनीहरूको सुरक्षा र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । हाम्रो छिमेकी देशसँगको ऐक्यबद्धतामा, भारतले अपरेशन सागर बन्धु अन्तर्गत तत्काल राहत सामग्री र आवश्यक मानवीय सहयोग पठाएको छ । परिस्थिति विकसित हुँदै जाँदा हामी थप सहयोग पठाउन तयार छौँ । भारतको छिमेकी पहिलो नीति र दृष्टिकोणलाई ध्यानमा राख्दै, भारत सङ्कटको यस घडीमा श्रीलङ्काको साथ दृढतापूर्वक उभिएको छ ।’

यस हप्ता श्रीलङ्कामा वर्षाले निम्त्याएको बाढी र पहिरोले विनाश निम्त्याएको छ । अहिलेसम्म कम्तीमा ५६ जनाको मृत्यु भएको छ र २१ जना बेपत्ता रहेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । यसलाई श्रीलङ्कामा हालैका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसम९सम्बन्धित प्रकोपहरू मध्ये एक भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्