काठमाडौं । कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ ।

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ । बिहीबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो ।











