काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ ।

शुक्रवार राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य-सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् । सो अवसरमा सदस्य-सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।
घिसिङको चार बर्षेकार्यकाल आजदेखि सकिँदै छ । घिसिङलाई तत्कालिन मन्त्रिपरिषदले २०७८ मङ्सिर १३ गते नियुक्त गरेको थियो ।











