काठमाडौँ । अमेरिकाले तेस्रो मुलुक (विदेशी) नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ।

समाचार अनुसार अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशी नागरिकले सबैभन्दा गहन जाँच शुरु गरेको र सुनिश्चित नभएसम्म यो रोक कायम रहने बताएका छन् ।
बुधबार, वाशिंगटन, डीसीमा ह्वाइट हाउसबाट केही ब्लक टाढा दुई राष्ट्रिय गार्ड सदस्यहरूलाई गोली हानी मारिएको थियो, गम्भीर घाइते भएका दुई गार्डमध्ये एकको मृत्यु भएको छ ।
यस मुद्दामा एक अफगानी नागरिकलाई संदिग्धको रूपमा पक्राउ गरिएको छ र उनी हिरासतमा छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व देशहरूबाट मानिसहरूलाई अमेरिका प्रवेश गर्न रोक्ने बताएको केही घण्टापछि जोसेफ एडलोले यो घोषणा गरेको अमरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ ।











