Logo
Logo

विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात


1.7k
Shares

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन प्रतिनिधि छनोटका लागि जारी मतदानका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि कुटपिट भएको छ ।

The current image has no alternative text. The file name is: yamale-9.jpg

शनिवार दिउँसो पार्टी कार्यालय पाञ्चालीस्थित मतदान केन्द्रबाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूह (विनोद ढकाल पक्ष)का कार्यकर्ताहरूले हातपात गरेका हुन् ।

वडा नं. १२ का वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई पटक–पटक मतदान गर्न लगेको विषयमा संस्थापन पक्षले आपत्ति जनाएपछि विवाद सुरु भएको थियो । सोही क्रममा ढकाल पक्षका कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेका थिए ।

घटना भएपछि केही बेर मतदान स्थगित भएको थियो । अहिले स्थिति सामान्य भई मतदान सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्