Logo
Logo

रामेछापमा बाघको आक्रमणबाट महिलाको मृत्यु


630
Shares

रामेछाप । मन्थली नगरपालिका–९, पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: tiger-1.gif

मृतक महिला सोही ठाउँकी ६६ वर्षीया गंगामाया तामाङ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले बताए । उनका अनुसार स्थानीयले बिहान क्षतविक्षत अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव हेर्दा बाघको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्