काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो ।
जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५० रनको योगदान दिए । पावरप्लेमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको टोलीलाई उनले जान निकोल लोफ्टी-इटनसँग मिलेर उकासेका थिए । लोफ्टी-इटनले ३९ रन बनाए ।











