काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो एकछत्र राज कायमै राखेको छ । शनिवार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौँ जित दर्ता गरेको छ ।

यो नतिजासँगै जनकपुर बोल्ट्सको खराब प्रदर्शनको सिलसिला जारी छ । जारी प्रतियोगितामा जनकपुरको यो लगातार चौथो हार हो र टोली अझै जितविहीन छ ।
जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका लागि ईशान पाण्डेले निर्णायक प्रदर्शन गरे । उनले ३५ बलमा ५६ रनको विस्फोटक अर्धशतकीय पारी खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको महत्त्वपूर्ण योगदान दिए ।











