Logo
Logo

युक्रेनद्वारा रुसी तेल ट्याङ्करमाथि ड्रोन आक्रमण


504
Shares

एजेन्सी । युक्रेनले ब्ल्याक सी हुँदै अघि बढिरहेको रुसी ‘स्याडो फ्लिट’ का दुईवटा तेल ट्याङ्करमाथि ड्रोन आक्रमण गरेको छ। युक्रेनी नौसेनाले अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने रुसी तेल व्यापारलाई कमजोर पार्ने उद्देश्यले काइरोस र विराट नामक ट्याङ्करलाई लक्षित गरेको बीबीसीले जनाएको छ।

The current image has no alternative text. The file name is: russia.jpg

टर्किस अधिकारीका अनुसार गाम्बियाको झन्डा बोकेका दुबै ट्याङ्कर टर्कीको तट समिपमा यात्रा गरिरहेका बेला आक्रमणको सामना गर्नुपरेको हो । हालसम्म मानवीय क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन।

रुस–युक्रेन युद्ध २०२२ फेब्रुअरीदेखि जारी रहँदा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । पछिल्लो समय अमेरिकाको मध्यस्थतामा केही कूटनीतिक पहल अघि बढिरहेको संकेत देखिए पनि युद्ध पूर्णरूपमा रोकिने वातावरण बनेको छैन ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न सक्ने सम्भावित सम्झौताबारे छलफल गर्न शीर्ष सुरक्षा अधिकारीसहित अमेरिका प्रस्थान गर्दै छन् । युक्रेनी प्रतिनिधिमण्डलले फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग उच्चस्तरीय वार्ता गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्