काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई “बुख्याँचाको शासन” भन्दै देशलाई संवैधानिक बाटोमा फर्काउन आह्वान गरेका छन् ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह ( लोगो ) सार्वजनिक गर्दै अध्यक्ष ओलीले भने, “देश अफ्ठ्यारो परिस्थितिमा छ। लोकतन्त्र फर्काउँ, संवैधानिक बाटोमा देशलाई फर्काउँ।”
अध्यक्ष ओलीले असंवैधानिक ढंगले विघटित संसद पुनर्स्थापना आवश्यक रहेको बताए र प्रश्न गरे, “संसद् पुनर्स्थापना भयो भने बर्बाद हुन्छ भनेर संसद विघटन गरिएको होरु”
अन्तरिम सरकारको आलोचना गर्दै उनले भने, “अनिर्वाचित बुख्याँचाहरू तरकारीबारीमा ठीक थियो, सिंहदरबारमा बुख्याँचा रु मिल्छ योरु लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो।”
ओलीले थपे, “एमालेसँग रिस उठेको होला, तर त्यो रिस संविधान, लोकतन्त्र, देशको विकास र सार्वभौमसत्तामाथि नपोखौँ।”











