Logo
Logo

कांग्रेस १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म, कार्यतालिका भोलि ल्याउने


756
Shares

काठमाडौँ . नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको पार्टीले सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार निकास निकाल्दै तयारी पूरा गरेको हो।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफल गरी सभापतिको आग्रहअनुसार कार्यतालिका प्रस्ताव तयार पारेका छन्।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नै कार्यतालिकासम्बन्धी प्रस्ताव पेस गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीले अलगअलग प्रस्ताव पेस गरेका कारण सहमतिको प्रस्ताव खड्काले पेस गर्न लाग्नुभएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभई निर्णयार्थ पेस गर्न लागिएको हो। कार्यवाहक सभापति खड्काले अझै आवश्यक नेताहरूसँग छलफल गरी प्रस्ताव सर्वसम्मत गर्ने समझदारी भएको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्