Logo
Logo

बेरुजु फर्छायौट नगरेका मायादेवी गाउँपालिका ७ जनाविरुद्ध मुद्दा दायर


630
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियारले पेश्की रकम लिएको ४६ लाख ७ हजार तीन सय रकम पेस्की लिएर फर्छायौट नगरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई २० लाख १७ हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवलाई १५ लाख ९० हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनालाई १० लाख, तत्कालीन लेखा अधिकृत प्रकाश गौतमलाई १५ लाख ६० हजार, सि.अ.हे.व. (अधिकृत छैटौँ) महेन्द्र प्रसाद यादवलाई ४६ लाख ७ हजार, तत्कालीन लेखापाल तुल्सीराम पौडेललाई १९ लाख १७ हजार, लेखा (सहायक पाँचौँ) गिरीराज गौतमलाई १४ लाख १० हजार बिगो कायम गरेर कानुन बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्