Logo
Logo

पार्टी कार्यालयमै कर्ण थापामाथि ओलीको सुरक्षार्थ खटिएकाले गरे दुव्यर्वहार


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालय च्यासलमै दुर्व्यवहार गरिएको छ । कार्यालयबाट निस्कने क्रममा थापालाई केही व्यक्तिले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका व्यक्तिहरूले थापालाई दुर्व्यवहार गरेका हुन् ।

The current image has no alternative text. The file name is: yamale-12.jpg

थापाले आफूलाई पार्टी अध्यक्षले नै आउनुस् भनेकाले जाँदै गरेको तर उनको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरू खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न नजानेको बताएका छन् । 

थापाले अध्यक्ष ओलीको वरिपरि हिँड्ने यी व्यक्तिहरूले पार्टीकै बदनाम गरिरहेको बताएका छन् । थापाले आफूलाई दुर्व्यवहार गरिएकोबारे अध्यक्ष ओलीसँग पनि कुरा राखेका बताएका छन् । उनले ओलीलाई यस्ता खालको मान्छेहरुर्लाइ तपाईँले किन अघिपछि लिएर हिँड्नु भएको हो, गलत मान्छेहरू लिएर नहिँड्नुस् भनेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्