Logo
Logo

प्रधानमन्त्री कार्कीले गरिन जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल


504
Shares

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।

The current image has no alternative text. The file name is: susila-2.jpg

शहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो । भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् । छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो ।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्