
काठमाडां । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष (पर्सनल ओभरड्राफ्ट) कर्जाको सीमा बढाएको छ ।
केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार यसअघि ५० लाख रहेको सीमा वृद्धि गरी १ करोड रुपैयाँ पुर्याएको हो ।
अब बैंक तथा वित्त संस्थाहरुले यस्तो कर्जा १ करोडसम्म दिन पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहनु र कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्टको सीमा बढाएको हो ।











