
काठमाडौं । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित हायात होटलको क्यासिनोमा तोडफोड तथा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दावा सेट्टी र रणे भनिने रञ्जित खड्गीलाई पक्राउ गरेको हो । परिसरका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको बताए ।
उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो ।











