Logo
Logo

लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री


63
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले गल्ती गर्नेलाई कानुनले सजाय दिने र सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमबार सेजनको २९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ ।

विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए । साथै उनले लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्