Logo
Logo

कांग्रेस महाधिवेशनमा देउवा फेरि सक्रिय हुनसक्ने निर्णय


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा फेरि सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: congress-meeting-deuba-dhanraj-gurung-purna-khadka.jpg

सानेपास्थित केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसेका देउवालाई आवश्यकताअनुसार सक्रिय हुनसक्ने अवसर प्रदान गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन सम्बन्धी कामको लागि केन्द्रीय प्रतिनिधि खटाउँदा सभापति देउवा सक्रिय रहनसक्ने मार्ग खुला राख्ने व्यवस्था गरेको छ ।

निर्णय अनुसार, नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय छानबिन समितिद्वारा सहमति भइ तयार पारिएको सूची केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियता कायम रहनेछ ।

साथै, १५ औं महाधिवेशनका लागि आवश्यक समितिहरू गठन गर्दा सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले परामर्श गर्ने व्यवस्था पनि सुनिश्चित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्