काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण पुस ५ भित्र पूरा गर्ने कार्यतालिका तोकेको छ ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले ५ पुसमा नवीकरण र नयाँ वितरण भएको सदस्यताको नामावली स्वीकृत गर्ने निर्णय गरेको छ । छुटेका वा विवरण पठाउन बाँकी रहेका जिल्लाले २५ मंसिरभित्र सूची र रकम केन्द्रमा पठाउनुपर्ने व्यवस्था तोकिएको छ ।
सम्पूर्ण नामावली केन्द्रमा पठाउने अन्तिम मिति ३ पुस तोकिएको छ। यसरी कांग्रेसले महाधिवेशनका लागि सदस्यता नवीकरण र वितरणको काम समयमै पूरा गर्ने सुनिश्चित गरेको छ ।











