काठमाडौं । यहि मङ्सिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मङ्सिर १९ देखि पुस ५ गतेसम्म दशरथ रङ्गशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा साफसंग आबद्ध पाँच देशका महिला लिग बिजेता क्लवहरुको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितिय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने उनले बताए ।
त्यस्तै प्रतियोगिताको विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानीत बजेट रु ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ ।











