पोखरा । जेनजी अभियानका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आक्रोश व्यक्त गरेका छन् । पोखरामा तमु छोँज धिंद्वारा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै गुरुङले अर्याललाई पहिले जेनजी अभियानको कानुनी सल्लाहकारको रूपमा आएर पछि आफैँ मन्त्री बनेको आरोप लगाए ।

उनले भने, ‘ओमप्रकाश अर्यालज्यू पहिले हामीलाई कानुनी सल्लाह दिन आउनुभएको थियो । उहाँकै गलत सल्लाहका कारण आज देशले निकासको बाटो पाउन सकेन । अब कसलाई विश्वास गर्नेरु सबै ‘एक्सपर्ट’ भनाउँदाहरू पद र स्वार्थका लागि मात्र आउँदा रहेछन् । आज उहाँ गृहमन्त्रीको कुर्सीमा बस्नुभएको छ, तर त्यो कुर्सी बालबच्चाको रगतले रङ्गिएको छ ।’
गुरुङले अर्यालले सही समयमा सही सल्लाह दिएको भए आगामी निर्वाचन पूरै फरक ढंगले हुने र जेनजीको माग पनि सम्बोधन हुन सक्ने बताए । उनले भने, ‘उहाँले स्पष्ट भन्न सक्नुहुन्थ्यो-यो संविधान यस्तै रह्यो भने संशोधन सम्भव छैन, जेनजीको माग पूरा हुँदैन । तर उहाँले हामीलाई गुमराहमा राख्नुभयो अनि आफैँ रगत लागेको पदमा पुगेर सान्सँग गफ हाँक्न थाल्नुभयो ।-
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णयबारे उनले आफूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङलाई फोन गर्दा नउठेको र पछि सुशीलालाई नै प्रधानमन्त्री बनाउने सहमति भएको बताए ।











