Logo
Logo

नोभेम्बरमा नेपाल आए एक लाख १६ हजार ५५३ विदेशी पर्यटक


189
Shares

काठमाडौं । नेपालमा विदेशी पर्यटकको अगामन १.८ प्रतिशतले बढेको छ । गत वर्षको नोभेम्बर महिनामा भन्दा यस वर्षको नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या १.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: tourist.jpg

यस वर्षको नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो वर्षको नोभेम्बरमा एक लाख १४ हजार ४९६ पर्यटक नेपाल आएका थिए । कोभिड सुरु हुनु अघि २०१९ को नोभेम्बरमा यो सङ्ख्या एक लाख ३० हजार ३०२ रहेको थियो । 

नोभेम्बर महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट नोभेम्बर महिनामा १८ हजार ९९५ जना अर्थात् १६.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै नोभेम्बरमा अमेरिकाबाट ११ हजार २५४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९ जना, बङ्गलादेशबाट ५ हजार ६५३, अस्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलङ्काबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार जनवरी देखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५२० पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ९६ हजार २९८ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्