
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।
चितवनका लागि ओपनर डाविड मालानको उत्कृष्ट ब्याटिङ गरे । डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।
चितवनका लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । मालान र अर्जुनले पहिलो विकेटका लागि शतकिय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे ।











