काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ ।
बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण खुलेको छैन ।











