Logo
Logo

लगातार ४ हारपछि जनकपुरको पहिलो जित


504
Shares

काठमाडौं । हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो शनशनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । 

The current image has no alternative text. The file name is: jankpur.jpg

चितवनले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । जनकपुरलाई अब प्ले अफ खेल्ने सम्भावनालाई कायम राख्न यी दुई टोलीलाई पराजित गर्नुपर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ । 

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले तथा तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको थियो । लिग चरणको चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग जनकपुरले ६ विकेटको हार व्यहोरेको थियो ।

यता जनकपुरसँगको हारले चितवनलको प्लेअफ यात्रा केही कठिन भएको छ । जारी सिजन मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । चितवनलाई प्ले अफ खेल्ने सम्भावना कायम राख्न दुवै खेल जित्नुपर्नेछ । 

चितवनले लिग चरणमा तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै अंक तालिकामा चार अंक जोडेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराउँदा लुम्बिनी लायन्ससँग ६ विकेटको हार व्यहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको चितवनले काठमाडौँसँग भने ५३ रनले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्