Logo
Logo

त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र चिनियाँ ताइपेइ भिड्दै


441
Shares

इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेइबीच भिडन्त हुँदैछ । स्थानीय समयअनुसार खेल साँझ ७:३० बजे सुरु हुनेछ ।

The current image has no alternative text. The file name is: mahila-football.jpg

नेपालकी प्रशिक्षकले टोलीले जित निकाल्ने विश्वास व्यक्त गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताएकी छिन् । कप्तानले खेलाडीहरू शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको र शतप्रतिशत प्रदर्शन गर्ने आश्वासन दिएकी छिन् ।

चाइनिज ताइपेइलाई नेपालभन्दा बलियो मानिएको छ। फिफा वरीयतामा चाइनिज ताइपेइ ४२औँ स्थानमा रहेको छ भने नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाएको चाइनिज ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधि जितेको इतिहास छ ।

नेपालले सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको भए पनि एसियन कपमा नेपालको सहभागिता समूह चरणसम्म सीमित रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्