Logo
Logo

जनमत छोडेका शरदसिंह यादवले गठन गरे जनअधिकार पार्टी  


315
Shares

काठमाडौं । जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

The current image has no alternative text. The file name is: janadhikar-party.jpg

जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र  समेत पाइसकेको छ । चुनाव चिन्हमा ढुङ्गा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत १४ मङ्सिरमा जनअधिकार पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

जनअधिकार पार्टीको केन्द्रीय सदस्य २१ जनाको बनाइएको छ । केन्द्रीय समितिमा सात जना महिला सहित २१ जना बनाइएको छ ।  यादवले जनअधिकार पार्टी मधेशको राजनीतिमा वैकल्पिक र बलियो शक्ति बन्ने  दाबी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्