जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्न लागेको छ ।

पार्टीले मंगलबार पत्रकार सम्मेलन गर्दै सभाको औपचारिक घोषणा गरेको हो ।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् । प्रदेशभरिबाट करिब ४० हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने तयारी थालिएको पार्टीका नेता महेन्द्र रायले जानकारी दिएका छन्।











