काठमाडौं । केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका-१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।
प्रहरीका अनुसार मृतक अन्दाजी ३० वर्षका पुरुष रहेका छन् । उनको पहिचान खुलेको छै । घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
मृतकलाई भने बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्याइएको थियो । घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । ट्राफिकलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।
केशरमहल चोकमा दक्षिण गेटतफृबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१-०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।











