काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्सका ओपनर ब्याटर एडम रोसिंगटनले शतकको मद्दतले कर्णाली याक्सलाई २०२ रनको विशाल चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पोखराको टोलीले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन जोडेको हो ।

खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिए। उनीसँगै ओपनिङमा आएका कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएका थिए।
त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो। पछि रोय अर्धशतक बनाउनबाट चुके। उनले ३४ बलमा २ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाए ।
त्यसपछि क्रिजमा आएका धनञ्जय लक्षणले पनि ११ बलमा बलमा आक्रामक पारी खेल्दै २३ रन बताए । कर्णालीका तर्फबाट नन्दन यादव र मार्क वाटले मात्रै एक-एक विकेट प्राप्त गरे ।











