Logo
Logo

चतुरबहादुर चन्दः दशरथ चन्द एकेडेमीबाट क्यान नेतृत्वसम्मको यात्रा


0
Shares

काठमाडौँ । सुदूरपश्चिमको बैतडीका चतुरबहादुर चन्द तीन दशकअघि दशरथ चन्द एकेडेमी सञ्चालनबाट क्रिकेटमा आफ्नो यात्रा सुरु गरी अहिले नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष बनेका छन् ।

The current image has no alternative text. The file name is: chatur-bahadur-chand.jpg

एडेकेमी स्थापना भएदेखि जिल्ला र प्रदेश स्तरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ र सुदूरपश्चिमबाट राष्ट्रियस्तरका खेलाडी उत्पादनमा ठूलो योगदान पुगेको छ ।

चन्दको नेतृत्वमा क्यानले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरी नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएको छ । पहिलो संस्करणमा अन्तर्राष्ट्रिय खेलाडी ब्रायन लारा नेपाल आएर प्रतियोगितालाई वैश्विक ध्यानमा ल्याए । यसले खेल पर्यटन र आर्थिक गतिविधिमा पनि टेवा पुर्‍याएको छ ।

अध्यक्ष चन्दले सचिव पारस खड्कासहित गभर्निङ काउन्सिल गठन गरी एनपिएलको सफल आयोजना सुनिश्चित गरे । उनका प्रयासले सुदूरपश्चिममा क्रिकेटको आधार सुदृढ बनाइयो र बैतडी लगायत क्षेत्रीय खेलाडीहरूको राष्ट्रियस्तरमा उपस्थितिमा ठूलो योगदान पुगेको छ ।

चन्दको नेतृत्व, योजनाबद्ध विकास र टीमवर्कको परिणामस्वरूप नेपाली क्रिकेट आज घरेलु र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्