Logo
Logo

भारतले सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ एप अनिवार्य गर्ने निर्देशन फिर्ता लियो


315
Shares

एजेन्सी । भारतले सन् २०२६ मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ एप अनिवार्य इन्स्टल गर्न निर्देशन दिएको निर्णय फिर्ता लिएको छ। भारतको सञ्चार मन्त्रालयले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।

The current image has no alternative text. The file name is: sanchar-sathi.jpg

सरकारले यो एप साइबर सुरक्षा उपकरणको रूपमा सुरु गरेको र फोन हराएको वा चोरी भएमा पत्ता लगाउन सहयोग पुग्ने जनाएको थियो। जनवरी १७, २०२५ मा सुरु भएको यस एपबाट ३७ लाखभन्दा बढी मोबाइल ब्लक गरिएको र तीमध्ये २३ लाख फेला पार्न सफल भएको दाबी गरिएको छ।

तर विपक्षी दल र अभियन्ताहरूले फोनमा एप अनिवार्य इन्स्टल गर्न लगाउने निर्णयलाई व्यक्तिगत गोपनीयता र स्थान तथा सन्देश निगरानीसँग जोडेर विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्